कस्तो रह्ला आजको मौसम ?

२१ जेठ, काठमाडौँ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Advertisement
कोशीका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश र बागमतीका केही स्थान, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
Advertisement
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
यस वर्षको मनसुन गत बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको छ ।
Advertisement
रौतहट सहित विभिन्न जिल्लामा वर्षा भइरहेको र पानी पार्ने प्रणाली उत्तर–पूर्व सरिरहेकाले होसियारी अपनाउन महाशाखाले सुझाएको छ ।
हाल जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बु आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम पानी परिरहेको छ ।
प्रतिक्रिया