Close sidebar

वडा प्रहरी नेपालगन्जका सई थापा संगठनप्रति समर्पणको उदाहरण, उत्कृष्ट कार्यका लागि पुरस्कृत

सुरज मेघनाथ /  बाँके — संगठनप्रतिको निष्ठा, कर्तव्यपरायणता र प्रभावकारी कार्यसम्पादनको कदर स्वरूप नेपालगन्जस्थित वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापा सम्मानित भएका छन् ।

Advertisement

थापाले कार्यालयबाट तोकिएको जिम्मेवारीलाई प्रतिबद्धता र दक्षतापूर्वक पूरा गर्दै उल्लेखनीय योगदान दिएको भन्दै वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले थापालाई प्रहरी रेकर्डमै उल्लेख हुने गरी औपचारिक रूपमा पुरस्कृत गरेका हुन्।

वडा प्रहरी कार्यालय अन्तर्गत गठन गरिएको आन्तरिक मूल्यांकन समितिले थापाको कार्यसम्पादनको बृहत् समीक्षा गर्दै “उत्कृष्ट प्रहरी” का रूपमा छनोट गरेको हो। थापाको यो पहिचानले संगठनभित्र उदाहरणीय प्रेरणा पनि थपेको बताइएको छ।

Advertisement

थापा मात्र होइन, सोही कार्यालय र मातहतका युनिटमा खटिएका अन्य ६ जना प्रहरी कर्मचारीहरू पनि आ-आफ्नो क्षेत्रको योगदानका आधारमा पुरस्कृत भएका छन्। प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र प्रेरणा बढाउने उद्देश्यले मूल्यांकन समितिको निर्णय अनुसार सम्मान गरिने गरिएको छ।

स्थानीय स्तरमै उदाहरणीय सेवा प्रवाह गर्दै आएका सुरक्षाकर्मीहरूको यस्तो सम्मानले प्रहरी जनताको विश्वास जित्नतर्फ थप अग्रसर भइरहेको संकेत दिएको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...