Close sidebar

कोहलपुर मालपोत कार्यालयका खरिदार घुससहित पक्राउ

 

कोहलपुर, बाँके – मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना घुस लिँदै गर्दा पक्राउ परेका छन्।

Advertisement

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयअन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सेवाग्राहीबाट लेखापढी व्यवसायी (विचौलिया)मार्फत घुस मागिएको उजुरी प्राप्त भएपछि टोली खटाइएको थियो। अनुगमनका क्रममा खरिदार पाण्डेलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

Advertisement

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...