Close sidebar

नेपालगञ्ज उपमहानगरका उपमेयरलाई एकीकृत समाजवादिले बुझयो ज्ञापनपत्र

नेपालगञ्ज, बैशाख २२ –
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालगञ्ज उप-महानगर कमिटी बाँकेले उपमहानगरपालिकाका उपमेयरलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत पार्टीले स्थानीय विकास, रोजगारी, कृषि, शिक्षा, सुकुम्बासी समस्या लगायतका विषयमा तत्काल ध्यान दिन आग्रह गरेको छ।

उपमेयरलाई बुझाइएको ज्ञापनपत्रमा नगर भित्र व्याप्त बेरोजगारी न्यूनीकरण, वैकल्पिक सिँचाइको व्यवस्था, स्वदेशमै रोजगारी सृजनाका कार्यक्रम, नदी नियन्त्रण तथा बाढी रोकथाम, खानेपानीको आपूर्ति सुधार, सडक विस्तार, गुणस्तरीय शिक्षा, र सुकुम्बासी समस्या समाधान जस्ता मुद्दाहरू समेटिएका छन्।

Advertisement

ज्ञापनपत्र पार्टीका प्रदेश कमिटि सदस्य डम्बर थापा मगर जिल्ला कमिटि उपाध्यक्ष करिस्मा योगि ,उपसचिव टेकेन्द्र मल्ल
नगर अध्यक्ष सरोज कुमार तामाङको नेतृत्वमा जिल्ला कमिटी सदस्य बिनय गुप्ता, सुरज मेघनाथ, नगर सचिव राजेन श्रेष्ठ,लगायतको उपस्थिति बुझाइएको थियो।

पार्टीले उपमहानगरसँग सहकार्य गर्दै जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा तत्परता देखाउन आग्रह गरेको छ। ज्ञापनपत्र बुझ्दै उपमेयरले प्राप्त मागहरूमाथि गम्भीर ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

Advertisement

सम्बन्धित खवर

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

रास्वपा नेपालगञ्ज उप–महानगरको पहिलो नगर अधिवेशन पुष १५ गते

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालगञ्जमा नगर अधिवेशन गर्ने...