Close sidebar

भन्सार राजश्व चुहावट विरुद्ध बाँके सशस्त्र प्रहरी बल, नम्बर ३० गण सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगन्ज : सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा २ लाख ५० हजारको सामग्री बरामद, भन्सार राजश्व चुहावट विरुद्ध कडा निगरानी जारी

 

Advertisement

नेपालगन्जस्थित सशस्त्र प्रहरी बल, नम्बर ३० गण अन्तर्गतको टोलीले आज राजश्व नतिरी ल्याइएको खाद्यजन्य सामग्रीहरू बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि भन्सार चोरी गरी ल्याइएका सामग्रीहरू फेला पारिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

             सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा खटिएको टोलीले सीमावर्ती क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिएको हो। बरामद गरिएका सामग्रीहरूको कुल मुल्य २ लाख ५० हजार रुपैयाँको आसपास रहेको अनुमान गरिएको छ। यसमा औद्योगिक प्रयोगका लागि मात्र अनुमति प्राप्त Cremodan Sampoorna र स्किम्ड मिल्क पाउडर जस्ता वस्तुहरू रहेका छन्, जुन भन्सार दस्तुर तिरेर ल्याइएको पुष्टि हुन सकेको छैन।

Advertisement

सशस्त्र प्रहरीका अनुसार, यी सामग्रीहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारीमा रहेको छ।

स्रोतका अनुसार, यस्तो राजश्व छलीका घटनाहरू सीमामा दोहोरिरहँदा राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ, र त्यसको रोकथामका लागि सुरक्षा संयन्त्र थप सक्रिय बनाइएको छ।

Advertisement

सम्बन्धित खवर

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

  बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा...

मध्य तथा सुदुर पश्चिममा ‘खुसीको साथी बन्दै एस इभेन्ट’

नेपालगन्ज २०८२ नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने...

नक्कली लाइसेन्सको खेलमा बाँके यातायातबाट मासिक ३ करोडभन्दा बढी कमाइ, ४ जना अख्तियारको जालमा

२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले...