Close sidebar

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

 

बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई साेमवार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टाेलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

Advertisement

भेरी अस्पतालकाे सेवा सुदृढीकरणकाे पहल गर्न मिश्रको नेतृत्वमा एमालेले समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले,माेहीत शाह सहित टेकबहादुर केसी सम्मिलित टाेलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।

लाखौं लगानीको सिटीस्क्यान मेशिन जडान भई बिगतमा संचालन भए पनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटीस्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउँन सिटीस्क्यान मेशिनको नयाँ जडान वा मर्मतको काम तत्काल गर्न जोडदार गरिएको मिश्रले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार, पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा दस शैया मात्रै आइसीयु संचालन हुनु बिडम्बना हो । कोभिड–१९ को महामारी थेग्ने सामाथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पुर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन । सोको लागि न्यूनतम दश शैया आईसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको ब्यवस्थापन सहित तत्काल आइसीयु बिस्तार गर्न ध्यानाकर्षण गराइएको छ।

कोभिड–१९ का समयमा अस्पतालको पुर्वाधारमा कायापलट गर्न मास्टर प्लान तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालको तर्फ आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गर्ने वातावरण तत्काल बनाउन माग  गरिएको छ ।
भेरी जस्तो ठूलो अस्पतालमा बेग्लै प्रसुति गृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्द आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।
भेरी अस्पताल बिस्तार गर्दै बिशिस्टकृत सेवा, पूर्वाधारसंगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दीको व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ ।  सरकारले यसतर्फ ध्यानाकर्षण गराईएको मिश्रले बताउनुभयाे । उहाँका अनुसार,ध्यानाकर्षणपत्रलाई मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदीले सकारात्मकरुप लिनुभएको छ । अस्पतालले गर्न सक्ने काम भइरहेकाे उल्लेख गर्दै डा सुवेदीले माथिल्लो तहबाट हुने कामका लागि सबै पक्षले पहल गरि भेरी अस्पतालकाे सेवा सुदृढ बनाउन लाग्नुपर्नेमा उहाँको जाेड थियाे ।

Advertisement

 

पश्चिम नेपाल (लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश)हजारौं विरामीको भरोसा हो–भेरी अस्पताल । शहरदेखि गाउँ । तराईदेखि विकट हिमालसम्मका विरामी नयाँ जीवन प्राप्तीको आशा र भरोसा बोकेर यश अस्पतालमा आउँने गर्नुहुन्छ । त्यसैले भेरी अस्पताल पश्चिम नेपालको प्रमुख रेफरल अस्पतालका रूपमा स्थापित छ ।

आफ्नो स्थापनाको १ सय ३३ बर्ष यो अस्पतालले लाखौंलाई नयाँ जीवन दिएको छ । अस्पताल स्वंयले बिभिन्न कालखण्डमा बिभिन्न आरोह अवरोह पार गरेको छ । सामान्य डिस्पेन्सरीकारुपमा स्थापना भएको अस्पतालले स्थापनाको १३४ वर्ष पुरा गर्दा देशको पश्चिम क्षेत्र सहित भारतका बिरामीलाई पनि सेवा दिन सक्षम भएको छ ।

निजि लगानीमा साना ठूला अस्पताल खुल्ने क्रममा बढेपनि जोकोही बिरामीका लागि भेरी अस्पताल पहिलो रोजाई बन्ने गर्छ । जसका कारण अस्पतालमा दैनिकी बिरामीको चाप अत्यधिक बढिरहेको छ । यस्तो परिस्थितिमा अस्पतालले नयाँ जीवन पाउने आशा र भरोसा सहित आउने बिरामीलाई निरास बन्न दिनुहुँदैन ।

अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पर्याप्त जनशक्ति र पुर्वाधारको व्यवस्था नहुँदा नागरिक निरास हुनुपर्ने अवस्था छ । त्यस्तो अवस्थाको अन्त्यका लागि उल्लेखित बिषय सम्बोधन गर्न हामी अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदछौ । साथै अस्पतालमा उल्लेखित बिषय सम्बोधन गराउनका लागि सरकारका सम्बन्धित निकायसंग जोडदार आवाज उठाउने छौं । नेपालगन्ज सहित पश्चिम नेपालका नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय हुँदा सरकारकाे ध्यानाकर्षण गराउँदै लैजाने मिश्रले बताउनुभयो ।

सम्बन्धित खवर

मध्य तथा सुदुर पश्चिममा ‘खुसीको साथी बन्दै एस इभेन्ट’

नेपालगन्ज २०८२ नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने...

नक्कली लाइसेन्सको खेलमा बाँके यातायातबाट मासिक ३ करोडभन्दा बढी कमाइ, ४ जना अख्तियारको जालमा

२७ चैत्र, बाँके । यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कर्मचारीहरुले...

मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्र प्रमुख थापाको अपिल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद...