Close sidebar

मध्य तथा सुदुर पश्चिममा ‘खुसीको साथी बन्दै एस इभेन्ट’

नेपालगन्ज २०८२

नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने साना-ठूला इभेन्टहरूको व्यवस्थापनका लागि आयोजकहरूको पहिलो रोजाइमा एस इभेन्ट पर्न थालेको छ।

Advertisement

नयाँ प्रविधि, सामाग्री र सोचका साथ यस क्षेत्रमा हुने इभेन्ट ब्यवस्थापनमा काम गर्दै आएको एस इभेन्ट प्रालीले ग्राहकको मात्रै मन जितेको छैन, इभेन्ट म्यानेजमेन्ट र ब्यवस्थापनको क्षेत्रमा नयाँ क्रान्ती समेत ल्याएको छ ।

नेपालगन्ज र आसपासका क्षेत्रमा पुरातन प्रविधि र सामाग्री प्रयोग गरेर इभेन्टको ब्यवस्थापन हुँदै आएकोमा एस इभेन्ट प्रालीले अन्तर्राष्ट्रिय स्तरको सामाग्री र ब्यवस्थापनका साथ विवाह, पार्टी, व्रतबन्ध, सेमिनार, गोष्ठी, सम्मेलन र कर्पोरेट इभेन्टहरू ब्यवस्थापन सम्हाल्दै आएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा चलेका सेट डिजाइन देखी लिएर डेकोरेसनको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा चलेको सामाग्री र प्रविधिको प्रयोग गर्दै आएको एस इभेन्ट प्रालीका प्रोप्राइटर शिवम बानियाले बताउने गर्छन् ।

Advertisement

‘वर्षभरि नै हुने विवाह, पार्टी, व्रतबन्ध, सेमिनार, गोष्ठी, सम्मेलन र कर्पोरेट इभेन्टहरूका लागि इभेन्ट प्लानिङ अनिवार्य जस्तै भएको छ। त्यही अनिवार्यतालाई बुझेर हाम्रो टिम तपाईंको हरेक सानो-ठूलो कार्यक्रमलाई व्यवस्थित र आकर्षक बनाउन पूर्ण रूपमा प्रतिबद्ध छौं’, बानियाले बताए ।

आधुनिकता, सामाजिक संजालको बिकास र सुचना तथा संचार क्षेत्रमा आएको आमूल परिवर्तन संगै मानिसको जिवनको अभिन्न अंगको रुपमा रहेको हरेक साना ठुला इभेन्टहरु प्रतिष्ठाको बिषय बन्दै गएको छ । यस्तो अवस्थामा मानिसका हरेक आयोजना र हुने विवाह तथा पार्टीहरु अन्तर्राष्ट्रिय स्तरको हुने अनिवार्य सर्त जस्तै बनेका छन् । यहि कुरालाई मध्य नजर गर्दै एस इभेन्ट प्रालीले अन्तर्राष्ट्रियको सेवा नेपालगन्जबाट नै प्रदान गर्दै आएको छ ।
स्थापनाको ५ बर्षमै हजारौं इभेन्टलाई ब्यवस्थापन गरिसकेको एस इभेन्टको प्रमुख ग्राहकहरु बिदेशबाट फर्किएका नेपालीहरु हुने गरेको प्रोपराइटर शिवम बानिया बताउने गर्छन् ।

Advertisement

हामिले डेकोरेसनमा कुनैपनी सम्झौता गर्दैनौं, तपाईहरुले देखाएको विश्वास नै हाम्रो सम्पत्ति हो त्यसैले तपाईहरुको इभेन्टलाई स्मरणीय बनाउन हामिले कुनै कसर बाकी राख्दैनौ ।बानियाले बताए ।

एस इभेन्टले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको सेवा र नयाँ तथा आधुनिक प्रविधिको प्रयोगले तपाईंको इभेन्टलाई थप स्मरणीय र विशेष बनाउँदै आएको प्रोपराइटर शिवम बानिया बताउने गर्छन् ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...