Close sidebar

मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न जनसंगठन संयन्त्र प्रमुख थापाको अपिल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा आयोजना हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न नेकपा एमाले बाँकेका उपसचिव तथा जन-संगठन संयन्त्र प्रमुख किशोर थापाले सम्पुर्णमा अपिल गरेका छन् ।

नेकपा एमाले बाँके जन-संगठन संयन्त्र प्रमुख थापाले पार्टी आवद्ध नेता कार्याकर्ता तथा एमाले निकट भातृ संग-संगठनलाई अपिल गर्दै सिंगो पार्टी एकजुट भई कार्यक्रम सम्पन्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्न हार्दिक अपिल गरेका हुन् ।

Advertisement

त्यस्तै नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन सफल पार्न मुस्लिम इत्तेहाद संगठन भेला २७ गते पार्टी कार्यालय बस्ने भएको छ भमे २ गते नेपालगन्जका मौलानहरु संग भेटघाट गर्ने र ५ गते जिल्ला भेला गर्ने तथा ७ गते वडास्तरिय भेला गर्ने निर्णय भएको छ ।

मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमहरु तय भए संगै नेकपा एमाले बाँकेका उपसचिव समेत रहेका थापाले कार्यक्रम सफल पार्न भुमिका निर्वाह गर्न सबैमा अपिल गरेको हो ।

Advertisement

देशभरबाट मुस्लिम इत्तेहाद संगठनको नेता, प्रतिनिधि तथा पर्यवेक्षक नेपालगन्ज आउने हुँदा नेकपा एमाले बाँकेले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सहयोग र सहकार्य गर्दै देशभर सकारात्मक सुचना प्रवाह गर्नुपर्ने नेता थापाले बताए ।

नेपाल मुस्लिम इत्तेहाद संगठनको ७ औँ राष्ट्रिय महाधिवेशन बैशाख २० र २१ गते नेपालगन्जको मेरो प्लानेटमा आयोजना हुनेछ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

ग्लोबल डेरीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा बेच्दै

बाँके ।  ग्लोबल डेरी प्रालीले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन...

भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्‌: सांसद भगबती चौधरी

३० असार, काठमाडौँ । नेकपा एमालेकी सांसद भगबती चौधरीले...

कोहलपुरमा हराएका तीन बालक सुरक्षित फेला

बाँके, २५ असार २०८२ कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा...

असुरक्षामा पत्रकार : अनुसन्धानका क्रममा प्रहरीकै आँखाअगाडि आक्रमण

  जलेश्वर, मधेश — विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका...