Close sidebar

नेपालगञ्जमा रात्रीकालिन ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता हुँदै

२३ चैत्र, बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा रात्रीकालिन क्रिकेट प्रतियोगिता भोलिदेखि सञ्चालन गर्न लागिएको छ । प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष तेस्रो संस्करण अनुरुप ‘राजा खान नेपालगञ्ज टी १२ क्रिकेट’ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

आइतबार बेलुका ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा प्रतियोगिता भब्यरुपमा सञ्चालन गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

Advertisement

यो प्रतियोगितालाई टाइटल स्पोन्सरको रुपमा वर्तमान अवस्थामा नेपालगञ्जमा विभिन्न सामाजिक कार्यहरुमा चासो देखाएका समाजसेवी राजा खानले गरेका क्लबका सचिव साहिल अन्सारीले जानकारी गराए । जसका कारण प्रतियोगिताको टाइटलमा समेत उनको नाम जोडिएको हो ।

सचिव अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगञ्ज उपमहानगरपालिका, एजुकेस्नल पार्टनरमा एक्सपर्ट एजुकेसन, सगरमाथा ई.बोर्डिङ सेकेन्ड्री स्कुल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, ८ र १८ को कार्यालय, र्स्पोट्स ग्यालेक्सी लगायतले सहयोग गरेका आयोजकले जनाएको हो ।

Advertisement

कुल १४ लाख लागतमा सम्पन्न हुने उक्त प्रतियोगितामा बाँकेबाट ४० वटा टिमले सहभागिता जनाएको अध्यक्ष मोहम्मद साजिद खानले जानकारी गराए । उनका अनुसार हाल सम्म १० लाखको व्यवस्था भईसकेको र बाँकी ४ लाखको लागि विभिन्न स्थानीय तह लगायतका संघसंस्थाहरु संग आवश्यक समन्वय भईरहेको छ ।

पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै यस तेस्रो संस्करणमा अझै वृद्धि गर्दै प्रथमलाई एक लाख २५ हजार रुपैँया नगद पुरस्कार राशी राखेको सचिव अन्सारीले जानकारी गराए । यस्तै उपविजेतालाई ६० हजार नगद पुरस्कार राशी उपलब्ध गराइनेछ ।

Advertisement

म्यान अफ द सिरिजलाई हिमालयम साईकलस्‌को तर्फबाट एउटा साईकल उपहारको व्यवस्था गरिएको छ । नेपाल स्टील फर्निचर उद्योगको तर्फबाट बेस्ट व्याट्सम्यान र बलर लाई दराज उपहारको समेत व्यवस्था गरिएको हो ।

नेपालगञ्जमा क्रिकेट मैदानको खाचो भईरहेको बेला विजय शर्माले यस प्रतियोगितालाई भब्य रुपमा सफल बनाउन जग्गा उपलब्ध गराएर सहयोग गरेका छन् ।

भेरी स्पोर्टस क्लबले नेपालगञ्जमा क्रिकेट मैदानको अभाव भनिरह्‌दा समाजसेवी राजा खानले हिरमिनिया स्थित रहेको उनको ३५ कट्ठा जग्गा क्रिकेट खेलाडीहरुको लागि उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...

पत्रकार रामु ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार’ प्रदान

नेपालगन्ज, २९ साउन – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)...