Close sidebar

ट्यांकरले ठक्कर दिँदा २ जना बालकको घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

१० चैत्र, बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा निर्माण कार्यमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार करिब ३ बजेतिर भे १ ख ४१०७ नम्बरको ट्यांकरले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो ।

स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा  अध्ययनरत थिए । स्कुलबाट फर्किदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा पछि ट्यांकरले किचेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार दुबै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजु भाई हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन । घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी र स्थानीय बासिन्दाबीच झडप भईरहेको छ

चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनीलाई घेराउ गरेका छन । अहिले स्थानीयले चौकीमा समेत आगजनी गरिदिएका छन ।

Advertisement

प्रहरीले चालकलाई लुकाएको भन्दै उनीहरू आक्रोशित भएका हुन । अहिले ठुलो संख्यामा प्रहरी र स्थानीय बासिन्दा जम्मा भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी  दिपक पातलीले ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको बताए ।

घटनास्थलमा प्रहरीले दर्जनौ सेल अश्रुग्याँस र हवाई फायर गरेको छ। स्थानीयले बालकको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

एमाले सचिवालय बैठक २ घण्टा पछि सर्‍यो

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक २ घण्टा पछि...