Close sidebar

बाँके सशस्त्र प्रहरीको ठुलो सफलता २० लाख बराबरको मोबाईल डिस्प्ले बरामद ।

सुरज मेघनाथ

नेपालगन्ज : बाँके सशस्त्र प्रहरीले ठुलो मात्रामा मोबाईलका टच डिस्प्ले बरामद गरेको छ ।
बाँकेको नेपाल भारत खुल्ला सिमानाकाको कारण भारतिय तस्कर हरुले सजिलै नेपालगन्ज बजार मा अबैध भन्सार छली ल्याउने गरेको पाइएको छ।
सशस्त्र प्रहरी बल ३० नं गण बाँके बाट खटिएको विशेष टोलिले
बुधबार बेलुका नेपालगन्ज देखि काठमाडौ जादै गरेको यात्रु बसलाई विशेष सूचनाको आधारमा राझा चोक मा ५ सय ७० वटा मोबाईल डिस्प्ले बरामद गरेको छ ।

Advertisement

बरामद भएका मोबाईल डिस्प्ले विभिन्न महगो ब्रान्डका जस्तै : आइफोन ,स्याम्सुङग अल्ट्रा जस्ता स्मार्ट फोनका डिस्प्ले रहेको छ ।
बरामद गरेको उक्त मोबाईल डिस्प्ले परिमाण अनुसारको नेपाली बजार मुल्य करिब २० लाख रहेको अनुसन्धानले जनाएको छ ।
उक्त बरामद गरिएको मोबाईल डिस्प्ले आवश्यक कार्वाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर