Close sidebar

सभ्य रुपमा होली मनाउन बाँके प्रहरी प्रमुख एसपी कार्कीको अपिल

२७ फागुन बाँके ।
होलीलाई रंगको पर्व होलीलाई सभ्य रुपमा मनाउन बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले अपिल गरेका छन् । पहाडमा फागुन २९ गते र तराईमा चैत्र १ गते मनाउन लागिएको होलीले सभ्य र सुसंस्कृत बनाउन अपिल गर्दै उनले जथाभावी रंग नछ्याप्न र अविर नदल्न आग्रह गरेका छन् ।

मंगलवार सार्वजनिक अपिल सार्वजनिक गर्दै उनले बिना सहमति कोहि कसैलाई रंग छ्याप्ने र अविर दल्ने कार्य कानुन विपरित भएको जनाएका छन् ।

Advertisement

‘होली पर्व मनाउने बहानामा कसैको इच्छा विपरित लोला हान्ने, रंग दल्ने कार्य नगर्न अपिल गरिन्छ,’ एसपी कार्कीले भने, ‘चाड पर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन गरि अमर्यादित तथा उछृङ्खल कार्यहरु नगर्न अपिल गर्दछौँ ।’


उनले होलीको अवसरमा हो–हल्ला तथा ठूलो स्वरमा साउण्ड सिष्टमको प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।

Advertisement

‘आत्मिय रुपमा नजिक भएका ब्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आग्रह गर्दै अपरिचित समुहमा होली नखेल्न र महिला, बालबालिका, जेष्ठ नागरिक र शारिरिक रुपमा अशक्त ब्यक्तिलाई दुब्र्यवहार नगर्न समेत सुझाएका छन् ।

‘रेलिङ नभएको घरको छतमा होली खेल्ने क्रममा दुर्घटना हुन सक्ने खतरालाई मध्यनजर गरि होली खेलौँ र मादक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा दुर्घटना हुन सक्ने भएकोले ख्याल गर्न म हार्दिक अपिल गर्दछु,’ उनले आफ्नो अपिलमा भनेका छन्, ‘महंगा गरगहना लगाएर होली खेल्न ठाउँमा नजान मेरो सुझाव छ ।’

Advertisement

कसैको इच्छा विपरित रंगल दले, लोला हाने होली खेल्ने बहानामा कसैमाथि अभद्र ब्यवहार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने स्पष्ट पारेका छन् । ‘होली र इस्लाम धर्मावलम्वीको रमजान महिना सँगसँगै रहेकोले एकदमै संवेदशिल भएर होली पर्व मनाउन हामी अपिल गर्दछौँ,’ उनले भने ।

उनले होलीलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बाँकेमा सुरक्षा ब्यवस्था मिलाइएको बताए । नेपालगन्जमामात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । सम्वेदनशिल, अति सम्वेदनशिल ठाउँको पहिचान गरि प्रहरी परिचालन गरिएको उनले बताए । ‘सम्बेदनशिल क्षेत्रको पहिचान गरि चोक–चोका सादा पोशाक र बर्दि सहितका प्रहरी परिचालन गरिने छ नै गाडीबाट मोबाइल गस्तीसमेत हुनेछ,’ उनले भने ।
कसैको इच्छा विपरित रंग दल्ने, लोला हान्ने वा होली खेल्ने नाममा अभद्र ब्यवहार गरेको पाइए तत्काल कारवाहीको दायरामा ल्याइने पनि एसपी कार्कीले स्पष्ट पारेका छन्

रमजान महिना भएकोले इस्लाम धर्मावलम्वीहरु नमाज पढ्न मस्जिदमा जाने र फर्किने भएकोले यसतर्फ सजगर हुन उनले आग्रह समेत गरेका छन् । ‘तपाई हाम्रो सानो गल्तीले सद्भावको सहर नेपालगन्जमा नराम्रो परिस्थिति सिर्जना हुन सक्छ । यसतर्फ सवैले ध्यान पुर्याउनु हुने छ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

एसपी कार्कीले होली र रमजानको शुभकामना समेत दिएका छन् । ‘सवैलाई आ–आफ्नो धार्मिक मान्यता अनुसार चाडपर्व मनाउने अधिकार छ । आफ्नो पर्व मनाउने क्रममा अर्काको धर्मको पनि कदर गर्नुपर्ने हुन्छ । आफ्नो पर्व मनाउने क्रममा अरुको धर्ममाथि आँच आउने काम कोही कसैले गर्न हुँदैन,’ उनले भने ।

सम्बन्धित खवर

नेपालगञ्ज उपमहानगरका उपमेयरलाई एकीकृत समाजवादिले बुझयो ज्ञापनपत्र

नेपालगञ्ज, बैशाख २२ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)...

भन्सार राजश्व चुहावट विरुद्ध बाँके सशस्त्र प्रहरी बल, नम्बर ३० गण सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगन्ज : सशस्त्र प्रहरी उपरीक्षक शोभकान्त खनालको नेतृत्वमा २...

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

  बाँके । भेरी अस्पतालकाे सेवा सुदृढीकरणका लागि नेकपा...

मध्य तथा सुदुर पश्चिममा ‘खुसीको साथी बन्दै एस इभेन्ट’

नेपालगन्ज २०८२ नेपालको मध्य तथा सुदूरपश्चिमका सहरहरूमा आयोजना हुने...