Close sidebar

खजुराद्वारा लियो एकेडेमी तथा दोस्रो जिल्ला परिषद बैठक

 

४ फाल्गुन, बाँके । पश्चिम नेपालको सबैभन्दा ठुलो युवा सञ्जाल मध्य एक लियो जिल्ला परिषद ३२५ एन्, नेपालको वर्ष २०२४–२५ को दोस्रो जिल्ला परिषद बैठक खजुरामा गर्दै छ ।

Advertisement

खजुरा गाउँपालिका स्थित खजुरा मिनिपार्क रिसोर्टमा यही फाल्गुन १० गते लियो क्लब अफ नेपालगञ्ज खजुराले बैठक गर्न लागेको हो । पूर्वमा राप्ती र पश्चिममा महाकालीले सीमा बाँधेको भुगोलमा अवस्थित ३० वटा लियो क्लबहरुको संयुक्त संगठन लियो जिल्ला परिषद ३२५एन्, नेपालले यस क्षत्रमा युवाहरुको उचित परिचालन गर्दै अनेकौँ सामाजिक कार्य गर्दै आएको छ ।
लियो जिल्ला परिषदले आफ्ना गतिविधीहरुलाई थप व्यापकता तथा एकरुपताका साथ अघि बढाउन यो कार्यक्रम आयोजना गरेको हो। यस कार्यक्रमलाई लियो जिल्ला परिषदको इतिहासमै सबैभन्दा भव्य र सभ्य बनाउने प्रतिबद्धता रहेको कार्यक्रम संयोजक लियो प्रेक्षा के.सी. ले जानकारी गराउनुभयो ।

साथै कार्यक्रममा व्यक्तित्व र नेतृत्व विकास सम्बन्धी गहन प्रशिक्षण समेत प्रदान गरी लियो सदस्यहरुलाई लियो जिल्ला परिषदको सुनौलो भविष्य निर्माण गर्न सक्षम र प्रेरित गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा लियो क्लब अफ नेपालगञ्ज खजुराकी अध्यक्ष लियो अपेक्षा श्रेष्ठले बताउनुभयो ।

Advertisement

दुई वर्ष पहिला लियो जिल्ला परिषद ३२५एन्, नेपालको पहिलो जिल्ला परिषद बैठक समेत लियो क्लब अफ नेपालगञ्ज खजुराले आतिथ्यता गरेको थियो ।

त्यस कार्यक्रमले लियो जिल्ला परिषदको आधारस्तम्भ स्थापित गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियो भने हाल फेरी लियो जिल्ला परिषद ३२५एन्, नेपालको दोस्रो जिल्ला परिषद बैठक आतिथ्यता गरी लियो जिल्लाको सुनौलो भविष्य निर्माणको लागि लियो सदस्यहरुलाई योग्य र क्रियाशील बनाउने लियो कल्ब अफ नेपालगन्ज खजुराको योजना छ । साथै लियो र लान्सको मूल्य मान्यता र लियो बन्नुको वास्तविक अर्थ समेत सदस्यहरुलाई अवगत गराउने यस कार्यक्रमको लक्ष रहेको छ ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण

नेपालगन्ज : नेपालगन्जको चर्चित सामाज्जिक संजाल ग्रुप नेपालगन्ज ग्यालरी...

बागेश्वरीमा निःशुल्क आँखा परिक्षण तथा मल्टीभिटामिन वितरण

  २४ असार, बाँके । किभा फाउण्डेसनको आयोजनामा नेपालगञ्जमा...

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...