Close sidebar

केपी ओली कपको प्रचारप्रसारको लागी राष्ट्रिय युवा संघ बाँकेले राख्यो सेल्फी र होल्डिङ बोर्ड

नेपालगन्ज : काठमाडौंमा हुने केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप एमाले बाँके पार्टी कार्यालय नेपालगन्जमा सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको छ ।

राष्ट्रिय युवा सँघ बाँकेले केपी ओली कप फुटबल प्रतियाेगीताकाे प्रचारप्रसार स्वरुप पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रम गरेर सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरेको हो ।

Advertisement

गत मंगलबार राष्ट्रिय युवा सँघ बाँकेको जिल्ला कमिटी बैठककाे निर्णय अनुसार  केपी ओली कपको प्रचारप्रसारका लागि सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना गरिएको राष्ट्रिय युवा सँघ बाँकेका सचिव सुनिल रसाइलीले जानकारी दिएका छन् ।

केपी ओली कपको प्रचारप्रसारका लागि सेल्फी बोर्ड र होल्डिङ बोर्ड स्थापना कार्यक्रममा नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज खेमराज शर्मा, जिल्ला इन्चार्ज पिबेन्द्र लामा(कालू), राष्ट्रिय युवा संघ नेपाल बाँकेका पार्टीका तर्फबाट इन्चार्ज राजु गोले, केन्द्रीय सदस्य सन्दीप बानिया, मनोज बिक, राज कुमार योगी, लुम्बिनी प्रदेश सह-सचीव भुपाल शर्मा, जिल्ला उपाध्यक्ष रमेश मिजार लगायत राष्ट्रिय युवा संघ बाँके अन्तरगतका ८ वटै पालिकाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रचारप्रसारकै सिलसिलामा राष्ट्रिय युवा संघ बाँकेले फागुन ३ गते शनिबारका दिन फुट्सल प्रतियाेगिता समेत आयोजना गर्न लागेको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता गर्दैछ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...