Close sidebar

दाङमा टोल कमिटी गठनलाई तिब्र बनाउदै एमाले, बबई ३ मा टोल कमिटी गठन

नेपालगन्ज : नेकपा एमाले दाङले जिल्लामा टोल कमिटी गठनलाई तिब्रता दिएको छ । जस अनुसार दाङको बबई गाउँपालिका वडा ३ मा नेकपा एमाले टोल कमिटी गठनलाई गरेको हो  ।

दाङको बबई गाउँपालिका वडा ३ मा बिरबल ओलीको नेतृत्वमा १९ सदस्यीय टोल कमिठी गठन भएको हो ।

Advertisement

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीको प्रमुख अतिथिमा सम्पन्न टोल कमिटी गठन कार्यक्रममा बिशिस्ट अतिथी नेकपा एमाले दाङका उपसचिव भुवनेश्वर पौडेल रहेका थिए ।

कार्यक्रमको अतिथीहरुमा नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य नन्दलाल ओली, नेकपा एमाले बबई गाउँपालिका अध्यक्ष टंकराज बिश्वकर्मा, नेकपा एमाले बबई गाउँपालिका वडा नम्बर तिनका अध्यक्ष धन बहादुर डाङ्गीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण यज्ञ ओलीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बबई गाउँपालिका इन्चार्ज भद्र गोपाल ओलीले देशलाई नेकपा एमाले मात्रै बिकासको बाटोमा हिडाउने भएको हुँदा मिसन ८४ को लागी सबै एक ठाउँमा उभिनु पर्ने जिकिर समेत गरेका थिए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...