Close sidebar

कान्तितालको अवस्था कुरुप बन्दै, चोरिन थाले रेलिङ्गका पाईप

 

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित कान्तिताल यतिबेला कुरुप बनेको छ ।

Advertisement

पर्यटकलाई आकर्षित गर्न उपमहानगरपालिकाले बनाएका संरचना संरक्षण गर्न नसक्दा कान्ति ताल यतिबेला कुरुपको अवस्थामा पुगेको हो।

यतिबेला ताल संरक्षण गर्न बनाइएको रेलिङ्ग भत्किएको छ भने रेलिङ्गमा लगाइएको पाइपहरु समेत चोरी भएका छन ।

Advertisement

चोरले रेलिङ्ग भत्काएर (जेआई) पाइप काटेर लगेका मात्र छैनन् मादक पदार्थका बोत्तल, गुट्खाका खालि प्लास्टिक खोल लगायत फोहर थुप्रिएर ताल वरपर कुरुप देखिएको छ ।

Advertisement
Screenshot

त्यस्तै सुन्दर बनेको कान्ति ताल अहिले मादक पदार्थ र मादक पदार्थ सेवन गर्ने थलोको रुपमा बिकास भएको छ ।जसका कारण कान्तीताल अवलोकनको लागी स्थानिय तथा आन्तरिक पर्यटक दिउसोकै समयमा पनि जान असुरक्षित महशुस गर्न थालेका छन्।

करोडौ लगानी गरेर बनाइएको संरचनाको संरक्षण नहुदा नेपालगंज उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई मात्र नभई सिंगो नेपालगंजबासीलाई कान्ति तालको यतिबेलाको अवस्थाले गिज्याई रहेको छ।

यसतर्फ बेलैमा ध्यान नपुर्याउने हो भने कान्तिताल अझै कुरुप बन्ने र राज्यको करोडौ रुपैयाँ स्वाहा हुने निश्चित रहेको छ ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...