Close sidebar

५ औं क्यान इन्फोटेक २०२५ मा जोडियो अल्फा बिटा

माघ ४ नेपालगन्ज : क्यान महासंघ बाँकेको आयोजनामा हुने ” ५ औं क्यान इन्फोटेक २०२५ मा अल्फा बिटा जोडिएको छ ।

‘५ औं क्यान इन्फोटेक २०२५’ को स्टडी अब्रोड पार्टनरको रुपमा अल्फा बिटा जोडिएको हो ।
अल्फा बिटा नेपालगन्जका अध्यक्ष बिजय भण्डारी, सिनियर कन्सल्टेन्ट शंकर श्रेष्ठ तथा क्यान महासंघ बाँकेका निवर्तमान अध्यक्ष शिशिर नारायण श्रेष्ठ र क्यान महासंघ बाँकेका उपाध्यक्ष ओस्कर थापाको उपस्थितीमा ५ औं क्यान इन्फोटेक सफल बनाउन क्यान बाँके र अल्फा बिटा बीच सम्झौता भएको हो ।

Advertisement

नेपालगन्जमा स्थापना भएको अल्फा बिटाले अष्ट्रलियासहित विश्वका विभिन्न देशहरुका उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

क्यान महासंघ बाँकेले आयोजना गर्ने ५ औं क्यान इन्फोटेकलाई सफल बनाउन नेपालगन्जको अल्फा बिटा बीच शुक्रवार औपचारिक रुपमा सम्झौता भएको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी दिएका छन् ।

Advertisement

यस अघि एजुकेसन पार्टनको रुपमा क्यान क्यान इन्फोटेकमा नेपालगन्ज क्याम्पस सहभागी भैसकेको क्यान बाँकेले जनाएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ १० गते देखि २२ गतेसम्म नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा ५ औं क्यान इन्फोटेक २०२५ को आयोजना हुन लागेको हो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ ले बालमैत्री...

नेपालगञ्जमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम

नेपालगञ्ज, बाँके साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको...

एसईईको पूरक परीक्षा साउन २९ गतेदेखि हुने (तालिकासहित)

काठमाडौं । एसईईको पूरक परीक्षा आउँदो साउन २९ देखि...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड – पूर्णपाठ

२ असार, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक...