Close sidebar

फत्तेपुर सडक दुर्घटना : कुरा मिलेन, आजबाट अगैयामा सडक अवरुद्ध

नेपालगञ्ज ४ माघ : बैजापुर, सडक दुर्घटनामा ज्यान गुमाएका ब्यक्तीका परिवारलाई क्षतिपुर्ति दिने विषयमा हिजो सहमती हुन सकेन । सहमति नहुँदा मृतकका परिवार र स्थानीय बासिन्दाले गरेको आन्दोलन लम्वीने भएको छ ।

उनीहरुले हुलाकी राजमार्गको राप्ती सोनारी ६ स्थित नरैनापुर९बैजापुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत कुण्डा चोकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । हिजो बिहीबार पनि जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको छलफलमा सहमती हुन नसकिएपछि आन्दोलन लम्बिने भएको हो । छलफलमा सहभागी नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष जनक बहादुर थारुले छलफलमा सवारी धनी पनि नआएको र बस समितिको पनि सामान्य कर्मचारी छलफलमा पठाएर बेवास्ता गरेको आरोप लगाए ।

Advertisement

पटक पटक छलफलमा बोलाएर बेवास्ता गर्दै मृतकको परिवारलाई झनै पीडा दिएको उनको भनाई थियो । उनले भने आज माग सम्वोधन भएन भने भोली बिहान बाट पुर्वपश्चिम महेन्द्र राजमार्गको अगैयामा पनि सडक जाम गरिने छ ।

मृतकका आफन्तले सरकारी नियम अनुसार मृतक द्धयको १० लाख र दुईजनाको श्रीमती बाल बच्चाको पालन पोषणका लागी थप क्षतिपुर्तीको माग गरिरहेका छन् । तर बस सन्चालक समिति र बस धनीले भने जम्मा १० लाख मात्रै दिन सक्ने बताई रहेका छन ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मंगलबार बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

Advertisement

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी९७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो । क्षतिपुर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव बुझेका छैनन् । मृतक द्धय एकै घरका काका र भतिज हुन ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...

पत्रकार रामु ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार’ प्रदान

नेपालगन्ज, २९ साउन – नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)...