Close sidebar

क्यान महासंघ बाँकेले प्रादेशिक महोत्सवमा ‘क्यान इन्फोटेक २०२५’ आयोजना गर्ने

नेपालगन्ज : क्यान महासंघ बाँके शाखाले “क्यान इन्फोटेक २०२५ को आयोजना गर्ने भएको छ ।

नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि माघ २२ गते सम्म नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ को आयोजना हुने भएको हो ।

Advertisement

प्रादेशिक महोत्सवमा क्यान इन्फोटेक २०२५ आयोजना गर्नको लागी क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ बीच समझौता समेत भैसकेको क्यान बाँकेका सचिव रमेश बिसीले जानकारी गराएका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (CAN) बाँके
र नेपालगञ्ज उद्योग वाणिज्य संघ बीच नेपालगन्ज र वरपरको क्षेत्रका डिजिटल प्रवर्द्धन र प्रविधिको विकासका लागि विभिन्न कार्यक्रम तथा परियोजनाको सफल आयोजना सुनिश्चित गर्न सहयोग गर्ने र त्यसको लागी प्रादेशिक महोत्सव स्थलमा क्यानले क्यान इन्फोटेक २०२५ को आयोजना गर्ने गरि सम्झौता भएको हो ।

Advertisement

नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, कम्प्युटर एशोसियसन अफ नेपाल महासंघ बाँके शाखाका अध्यक्ष यज्ञराज जोशी, क्यान बाँकेका सचिव रमेश बिसि लगायतको उपस्थितीमा क्यान बाँके र नेपालगंज उद्योग बाणिज्य संघ बिच सम्झौता भएको थियो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...