Close sidebar

सीमाका विद्यार्थीलाई सशस्त्र प्रहरीले दियो कापीकलम

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बागेश्वरीका प्रहरी उपरिक्षक बिमल डाँगीले सीमामा हुने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्न सीमा सुरक्षालाई थप मजबुत बनाइने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल न ३० हेक्वा बाँकेले नरैनापुर ४ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आज बिहीबार आयोजना गरेको सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै उपरिक्षक डाँगीले सीमा इलाकामा बसोबास गर्ने नागरिकका सन्ततीहरुलाई शिक्षा प्रति आकर्षण गर्न शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुभयो ।

Advertisement

उपरिक्षक डाँगीले सशस्त्र प्रहरीले सङ्गठनको नीति नियमलाई परिपालन गरि प्राप्त जिम्मेवारीको कुशलता पूर्वक पालना गर्दै आइरहेको बताउँदै उहाँले सधैँ आफ्नो दायित्व पूरा गर्न मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले कर्तव्य प्राण, इमानदार र राष्ट्रियता प्रतिको सेवा भावले प्रेरित भई राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा प्रस्तुत हुनुपर्ने बताउँदै जनता र विद्यार्थीका बिचमा अन्तरक्रिया सञ्चालन गर्न प्रहरीहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा सुरक्षाका साथै समाजमा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको अहम् भूमिका रहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर विद्यार्थीहरूलाई हौसला प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जन प्रतिनिधि, जनता र प्रहरी मिलेर अगाडि बढ्न सके नरैनापुरको शिक्षा, स्वास्थ्य, विकास लगायतको कामलाई सफल बनाउन समय नलाग्ने भएकोले प्रहरीहरूलाई सडक सुरक्षा सँगै शैक्षिक स्तर माथि उकास्नका लागि भूमिका निर्वाह गरी दिन आग्रह गर्नुभयो । अध्यक्ष शाहले स्थानीय तहलाई छाडा चौपाया व्यवस्थापन गर्न मुख्य चुनौती रहेको जिकिर गर्नुभयो ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...