Close sidebar

नेपालगन्ज १२ मा वडा स्तरिय युवा क्लव गठन

नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिकाको सबै वडाहरूमा युवा क्लब गठन कार्यक्रम संचालन गरिरहेको छ ।

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन कार्यक्रम अन्तरगत १४ वटा वडामा क्लब गठन गरि सकिएको छ ।

Advertisement

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा आज वड स्तरिय युवा क्लव गठन गरिएको हो । वडा स्तरिय युवा क्लवको अध्यक्षमा अभिशेक भट्ट, उपाध्यक्षमा ग्रिसा शाही, सविचमा राहुल आर्या, सहसचिवमा साहुन कुमारी चिडिमार, कोषाध्यक्षमा हिमान्सु सिंह परियार सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरुमा दिक्षा चिडिमार, महेक चिडिमार, प्रतिक्षा चिडिमार, रितिका बर्मा, माही चिडिमार, मेनका चिडिमार, सन्तोष कोरी, अंश थारु, माही चिडिमार र सुरज कोरी गरि १५ जनाको वडा स्तरिय युवा क्लव गठन गरिएको आयोजकले जनाएको छ ।

Advertisement

युवाहरूलाई सशक्तिकरण, सामाजिक एकता प्रवद्र्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउने तर्फ ध्यान दिनका लागि युवा क्लबको गठन गरिएको हो । वडा स्तरमा युवा क्लबहरूको स्थापना पश्चात युवाहरूले आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्याहरूलाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण हुने आपेक्षा गरिएको छ ।
मुस्लिम समुदायमा रहेको बालविवाहको अभ्यासलाइ युवाहरुको सहभागिता र पहल मार्फत न्युनिकरण गर्ने परियोजना अन्तरगत भईरहेको युवा क्लब गठन कार्यक्रमबाट युवाहरूलाई समुदायको विकासमा युवा क्लबले पु–याउन सक्ने योगदान र युवा क्लब मार्फत सामाजिक हानीकारक अभ्यासको विरुद्धमा संचालन गर्न सकिने अभियान र स्थानीय तहसँग समन्वय र सहकार्य गरी सामुदायिक सेवामा सहभागी हुन सहज हुने अनुमान गरिएको छ ।
स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानव अधिकार, महिला अधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीति विरूद्धका सचेतना अभियानहरूमा सक्रियता पूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य रहेको छ । प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरि मधेसी मुस्लिम र पछाडि पारिएको सिमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङगता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशन नेपालले जनाएको छ ।
योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधी, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधी, लक्षित समुह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने र वडा स्तरीय जनप्रतिनिधी र स्थानीय सरकारलाई युवाक्लब गठन प्रति बढि जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको छ ।
बालविवाह, दाईजो प्रथा र सामाजिक हानिकारक अभ्यास न्युनिकरणका लागि युवाहरुको संगठन निर्माण गरि सामुदायिक गतिविधिहरूमा युवाहरूको सहभागिता वृद्धि गराउने र स्थानीय युवाहरु बिच बलियो सामुदायिक सम्बन्ध स्थापनामा मद्दत गरि अभियानका लागि सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता हुने लक्ष्य रहेको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...