Close sidebar

भ्रम फैलाएर बैंकिङ प्रणालीमा जोखिम थप्नेमाथि किन हुँदैन कारबाही ?

अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता निर्माण भएको भन्दै बैंकका कर्मचारीमाथि आक्रमण गर्न उत्तेजित भाषण गरे ।

Advertisement

‘ती कर्मचारीलाई मोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो,’ उनले भनेका थिए ।

राजनीतिक आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका प्रसाईंका वित्तीय अराजकताका वितण्डाकारी गतिविधि हेर्दा जति सामान्य छन्, तिनको असर त्यति नै फैलिँदो छ ।

Advertisement

झापामा सभा गर्दै बैंक कर्मचारीलाई मोसो दल्न दस्ता खडा गरेको बताएका प्रसाईं त्यसको एक वर्ष कटेको दिन २ फागुन २०८० मा सबै वित्तीय सूचक सामान्य अवस्थामा रहेको एनआईसी एसिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो पैसा झिक्न उक्साएका छन् ।

‘एनआईसी एसिया बैंक डुब्दै छ । बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला,’ प्रसाईंले २ फागुनमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चालक भागे भने सहकारीका बचकर्ताको जस्तो हालत होला । बेलैमा होस् पुर्‍याउनु होला ।’

Advertisement

आक्रामक ऋण प्रवाह तथा कर्जा असुलीमा गैरव्यावसायिक गतिविधि गरेको भन्दै एनआईसी एसिया बैंकप्रति ग्राहकहरुको गुनासो पक्कै छ । तर, प्रसाईंले दाबी गरेजस्तो यो बैंक डुब्ने अवस्थामा पुगेको छैन, बरु वित्तीय सूचकका आधारमा अन्य धेरै बाणिज्यहरुभन्दा राम्रो छ ।

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...