Close sidebar

तनहुँका कमल महतले सुन्तला बेचेरै यसवर्ष कमाए ४० लाख

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् ।

विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उनले भने, ‘रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।’

Advertisement

उनले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहेका छन् ।  उनका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् ।

उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उनले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिए ।उनले भने, ‘गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।’

Advertisement

नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ । महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिए ।

उनले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिए । म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उनले बताए ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके–३ मा नेकपाद्वारा ५५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बाँके: प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै नेपाली कम्युनिस्ट...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...