Close sidebar

प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्ड नेपालगन्जको निन्जा इन्फोसिसलाई

नेपालगन्ज : प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्डबाट नेपालगन्जको निन्जा इन्फोसिस पुरस्कृत भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्ड अन्तरगत शनिबार भएको एक कार्यक्रममा नेपालगन्जमा स्थापित भएर आइटीको क्षेत्रमा काम गरिरहेको निन्जा इन्फोसिसलाई उक्त अवार्ड मिलेको हो ।

Advertisement

काठमाडौंको बौद्धमा रहेको ह्यात रिजेन्सी होटलमा ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एसोसिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुम’मा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको थियो ।

सन् २०१६ देखि लिभिङ विथ आईसीटीले आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, विगत ६ महिनादेखि छनौट प्रक्रिया र प्रिइभेन्टहरु सम्पन्न गर्दै ग्राण्ड अवार्ड बितरण गरिएको हो ।

Advertisement

फिनालेमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित स्टार्टअप, प्रडक्ट, इन्नोभेसन, उद्यमी, प्रोफेसनल, संघ संस्था गरी विभिन्न १५ विधाहरूमा विजेताको घोषणासँगै अवार्ड वितरण गरिएको थियो।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरुलाई प्रोभिन्सियल स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट समेत सम्मान गरिएको थियो । यहि बिधाको अवार्ड लुम्बिनी प्रदेशबाट नेपालगन्जको निन्जा इन्फोसिसले प्राप्त गरेको हो ।

Advertisement

अवार्ड प्राप्त गरेपछी आफुलाइ अझै काम गर्ने उर्जा प्राप्त भएको निन्जा इन्फोसिसका अध्यक्ष समेत रहेका आइटी इन्जिनियर रमेश क्षेत्रीले नागरिक समाजसंग बताए ।

निन्जा इन्फोसिसले देशभरका सरकारी कार्यालय तथा स्थानीयतहमा सेवा प्रवाह गर्दै आएको छ ।
२०७४ सालमा नेपालगञ्जबाट सुरु भएको ई–पालिकाको कर्पाेरेट कार्यालय काठमाडौँमा छ भने केन्द्रीय कार्यालय नेपालगञ्जमै राखिएको छ ।

कम्पनीले हाल देशभरका ५० वटा स्थानीय तहलाई सेवा प्रवाह गरिसकेको छ भने ३५ जनालाई रोजगारी समेत दिएको छ । ५० वटा स्थानीय तहसहित कम्पनीले ४०० भन्दा बढी सरकारी कार्यालयमा सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
कम्पनीले गत माघ पहिलो साता स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउन भन्दै डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी गरेका छन् ।

स्थानीय तहलाई डिजिटलाइज गर्न लागि परेको नेपालगन्जको निन्जा इन्फोसिसलाई प्राप्त यस अवार्डले आइटीको क्षेत्रमा काम गर्न र देशलाई आवश्यक पर्ने सुचना तथा प्रविधिको बिकासमा लाग्न उर्जा मिलेको निन्जा इन्फोसिसका म्यानेजिङ डाइरेक्टर सुभाष देवकोटा बताउछन् ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...