Close sidebar

‘पालिकाले दिने हरेक सेवासुबिधा लिन ब्यवसाय दर्ता हुनुपर्ने’ – अध्यक्ष बि.क.

पुस ०२ ,२०८१ नेपालगन्ज/

बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अन्तरगत दोस्रो दिन पनि आफ्नो अभियानलाई निरन्तरता दिएको छ ।

Advertisement

खजुरा गाउँपालिकाले वडा नम्बर दुईमा रहेका ब्यवसायीहरुको घरदैलोमा पुगेर ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियानलाई निरन्तरता दिएको हो।

अभियानको दोस्रो दिन खजुरा गाउँपालिका वडा नम्बर दुईका ब्यवसायीहरु संग प्रत्यक्ष भेटघाट गर्दै ब्यवसाय दर्ता र नविकरणको बारेमा जानकारी दिन र त्यसमा फाइदाहरुको बारेमा स्थानीय ब्यवसायीलाई जागरुक गराउने कामलाई निरन्तरता दिएको खजुरा गाउँपालिकाका राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी बताएका छन् ।

Advertisement

शाखा प्रमुख रावतको नेतृत्वमा सुरु भएको अभियानमा पहिलो दिन वडा नम्बर एकमा अभियान संचालन गरिएको थियो ।
उता खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.क. तुफानले पालिकाका सम्पुर्ण ब्यवसायीलाई पालिकामा दर्ता तथा समयमै नविकरण गरिदिन सबैमा अव्हान समेत गर्नु भएको छ ।

पालिकाले पुर्वाधार देखी ब्यवसाय स्थापना लगायत पालिकाभित्र स्थापना भएका ब्यवसायको भब्यतब्यमा समेत वडा र पालिकानै आवश्यक हुने र अनुदानका कार्यक्रम प्रदान गर्न समेत दर्ता हुनै पर्ने हुँदा पालिकाले दिने हरेक सेवासुबिधा लिन समेत ब्यवसाय दर्ता हुनुपर्ने भएको हुँदा समयमै ब्यवसाय दर्ता गर्न आव्हान गर्नु भएको छ ।

Advertisement

पालिकालाई पालिका भित्रको ब्यवसायीक तथ्यांक भएपछि मात्रै योजना बनाउन र कार्यान्वयन गर्न सहज हुने हुँदा हामिले अभियान नै संचालन गरेर ब्यवसाय दर्ता, नविकरण र अनुगमनको कामलाई तिब्र पारेका हौं, अध्यक्ष तुफानले बताउनु भयो ।

Advertisement

सम्बन्धित खवर

मनसुनपूर्व बाँकेमा बाढी विपद्‌को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय

नेपालगञ्ज, बाँके — मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई...

कोहलपुर–सुर्खेत सडकखण्डमा फोर्स गाडी दुर्घटना: ८ जना घाइते, ट्रक चालक फरार

सुरज मेघनाथ  कोहलपुर, जेठ २५ Advertisement रत्न राजमार्गअन्तर्गत कोहलपुर–सुर्खेत...

कोहलपुर मालपोत कार्यालयका खरिदार घुससहित पक्राउ

  कोहलपुर, बाँके – मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा...