Close sidebar

हुण्डी कारोबारमा संलग्न २ जना नेपालगन्जबाट पक्राउ

८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरबाट मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

बाँके प्रहरी अनुसार मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट नेपाली रूपैँया नौ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी गर्दा नेपाली रूपैँया सात लाख दस हजार दुई सय पचपन्न र भारतीय रुपैया उनान्साठी हजार पाँच सय बरामद गरेको हो ।

यसका साथै बिभिन्न बैंकमा बिभिन्न ब्यक्तीका नाममा जम्मा गरेका बैंक भौचर, बैंकका टोकन बरामद गरेको प्रहरीले जनाएको हो ।

Advertisement

उनीहरुको साथबाट नेपाली.रूपैया १ लाख १० हजार २ सय ५५ र भारतीय रुपैँया ५९ हजार ५०० सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु माथि आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बाँके प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...