Close sidebar

हुण्डी कारोबारमा संलग्न २ जना नेपालगन्जबाट पक्राउ

८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ गणेशपुरबाट मोहम्मद कादिर सिद्दिकी र मोहम्मद हबिब सिद्दिकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

बाँके प्रहरी अनुसार मोहम्मद कादिर सिद्दिकीलाई तलासी गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट नेपाली रूपैँया नौ लाख र मोहम्मद हबिब सिद्दिकीको घरमा तलासी गर्दा नेपाली रूपैँया सात लाख दस हजार दुई सय पचपन्न र भारतीय रुपैया उनान्साठी हजार पाँच सय बरामद गरेको हो ।

यसका साथै बिभिन्न बैंकमा बिभिन्न ब्यक्तीका नाममा जम्मा गरेका बैंक भौचर, बैंकका टोकन बरामद गरेको प्रहरीले जनाएको हो ।

Advertisement

उनीहरुको साथबाट नेपाली.रूपैया १ लाख १० हजार २ सय ५५ र भारतीय रुपैँया ५९ हजार ५०० सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु माथि आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बाँके प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...