Close sidebar

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सशस्त्र एसपी विरुद्ध मुद्दा दायर

भदौ ७, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह साहू विरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।

Advertisement

राज्यका सुरक्षा निकायहरु मध्ये नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरु मध्ये उच्च पदस्थ कर्मचारीहरुले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो ।

तनहुँ बस दुर्घटना प्रति पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’ दुःख व्यक्त र्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजश्व वृद्धिः अर्थमन्त्री

Advertisement

प्रवक्ता घिमिरेका अनुसार साहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीणर् गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको ठहर छ ।

सशस्त्र प्रहरी निरीक्षकमा नियुक्ति भइ लाभ, सुविधा लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको प्रवक्ता अख्तियारले जनाएको छ ।

Advertisement

वीर सिंह शाह भन्ने बिर सिंह शाहूलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आरोप पत्र दायर गरिएको हो ।

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...