Close sidebar

तत्काल आफ्ना नागरिकलाई लेबनान छाड्न अमेरिकाको आग्रह

साउन २०, काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ ।

मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुत स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जति सक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो ।
मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो ।

Advertisement

तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो ।
इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो ।

आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको बीसीले रिर्पोट गरेको छ ।

Advertisement

सामाजिक सञ्जालमा पोष्ट गरिएको फुटेजमा वायुरक्षा प्रणालीले मिसाइललाई रोकिरहेको देखाएको छ । रकेट प्रहारबाट भएका क्षतिबारे कुनै विवरण आएको छैन ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

सुमन मल्लको उम्मेदवारी संगै एमाले कार्यकर्ता उत्साहित

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...