Close sidebar

भारतका प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगे

 

साउन १९ ,नेपालगन्ज । – भारतका प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज पाशुपति कोटिहोम महायज्ञमा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो।

Advertisement

महायज्ञका संयोजक वलयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराज अनुसार प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज आफ्नो भ्रमणको क्रममा पाशुपति कोटिहोम महायज्ञका सहभागीलाई आशिर्वाद दिनुहुनेछ र शनिबार दिउँसो पाशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुनेछ। आफ्नो परिवारसहित नेपाल आएका हुन ।

मध्य प्रदेश, भारतमा जन्मेका अनिरुद्धाचार्य जी महाराज कथा वाचनको क्षेत्रमा एक सम्मानित व्यक्तित्व हुन्, जसका कार्यक्रमहरूमा लाखौं भक्तजन सहभागी हुन्छन्। सामाजिक कार्य, गाईको संरक्षण र हिन्दू धर्मको संरक्षणको पक्षमा बोल्ने उनका प्रवचनहरूले भारत र अन्य देशहरूमा अनगिन्ती जीवनहरूमा गहिरो प्रभाव पारेको छ।

Advertisement

महायज्ञमा सहभागी भइसकेपछि, अनिरुद्धाचार्य जी महाराजले डेढ घण्टा लामो प्रवचन दिएर भारत फर्कने कार्यक्रम रहेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...