Close sidebar

भारतका प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगे

 

साउन १९ ,नेपालगन्ज । – भारतका प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज पाशुपति कोटिहोम महायज्ञमा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु भएको हो।

Advertisement

महायज्ञका संयोजक वलयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराज अनुसार प्रसिद्ध कथाकार अनिरुद्धाचार्य जी महाराज आफ्नो भ्रमणको क्रममा पाशुपति कोटिहोम महायज्ञका सहभागीलाई आशिर्वाद दिनुहुनेछ र शनिबार दिउँसो पाशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुनेछ। आफ्नो परिवारसहित नेपाल आएका हुन ।

मध्य प्रदेश, भारतमा जन्मेका अनिरुद्धाचार्य जी महाराज कथा वाचनको क्षेत्रमा एक सम्मानित व्यक्तित्व हुन्, जसका कार्यक्रमहरूमा लाखौं भक्तजन सहभागी हुन्छन्। सामाजिक कार्य, गाईको संरक्षण र हिन्दू धर्मको संरक्षणको पक्षमा बोल्ने उनका प्रवचनहरूले भारत र अन्य देशहरूमा अनगिन्ती जीवनहरूमा गहिरो प्रभाव पारेको छ।

Advertisement

महायज्ञमा सहभागी भइसकेपछि, अनिरुद्धाचार्य जी महाराजले डेढ घण्टा लामो प्रवचन दिएर भारत फर्कने कार्यक्रम रहेको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...