Close sidebar

पोखरामा विद्यार्थी चढेको बस दुर्घटना ,दुई जनाको मृत्यु

 

साउन १४ नेपालगन्ज –

Advertisement

पोखरामा विद्यार्थीसहितको स्कुल बस दुर्घटनामा परी २ जनाको मृत्यु र २८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेको प्रहरीले जनाएको छ ।
पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा बिरौटाको एलपी देवकोटा मेमोरियल ग १ क ६३१९ स्कुलको बस सडकबाट पल्टिएको हो।

Advertisement

जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्मा अनुसार आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

सम्बन्धित खवर

प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्ड नेपालगन्जको निन्जा इन्फोसिसलाई

नेपालगन्ज : प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश...

‘पालिकाले दिने हरेक सेवासुबिधा लिन ब्यवसाय दर्ता हुनुपर्ने’ – अध्यक्ष बि.क.

पुस ०२ ,२०८१ नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका...

हुण्डी कारोबारमा संलग्न २ जना नेपालगन्जबाट पक्राउ

८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई...

सुनको मुल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम

६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार...