Close sidebar

जन्मदिनका अवसरमा समाजसेवी अजीज मलिकद्वारा मृतक इर्साद राईको परिवारलाई सहयोग प्रदान

११ श्रावण, नेपालगञ्ज । केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्।

आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल र बच्चाले लगाउने डाईपर रहेको छ।साथै ग्यास सिलिण्डर तथा एउटा चुलो पनि सहयोग गरेका छन्।

Advertisement

समाजसेवी अजीजले सबैसँग बढी भन्दा बढी मृतक राईको परिवारलाई सहयोग पुर्याउन हार्दिक अनुरोध समेत गरेका छन्।मृतक राईको श्रीमति र ४ छोरी रहेका छन् भने ३ दिन अगाडि मात्र अर्को छोरी को जन्म भएको मृतक परिवारले जनाए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इर्साद राईको गत २८ असारमा नेपालगन्ज टाग स्टेन्ड नजिक खुकुरी प्रहार गरी हत्या गरिएको थियो।
समाजसेवी अजीजले सधै सामाजिक काममा गरीब दुखीलाई सहयोग गर्ने गरेको छ्न बिरामी मान्छे लाई रगत औसधि हस्पिटल मा बिरामी लाई फलफुल आदि विभिन्न किसीमको अर्थिक सहयोग गर्ने गरेको पाएको छ

Advertisement

आफ्नो जन्मदिनको अवसरमा आफू अजीज मलिकले भारतमा परीक्षा दिन गरेको बेला पनि साथीहरु को हातबाट मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । राईको परिवार द्वारा मलिकलाई आशीर्वाद तथा पर्गती को शुभकामना समेत दिएका छ्न ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...