Close sidebar

एक किलो कोकिनसहित २ भारतीय पक्राउ

३ साउन, काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।

Advertisement

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो ।

इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौं आएका भारतीय नाकगरिक अन्सारीलाई ठमेलको एक होटलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो ।

Advertisement

उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए ।

उनी कतार एअरलाइन्सबाट १ साउनमै काठमाडौं आएका थिए । उनले ज्याकेटमा फल्स बटम बनाएर कतारदेखि उक्त लागुऔषध ल्याएको खुलेको छ । ज्याकेटबाट निकालेर जुसको बट्टामा रालेको अवस्थामा कोकिन बरामद भएको थियो ।

Advertisement

सम्बन्धित खवर

प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश अवार्ड नेपालगन्जको निन्जा इन्फोसिसलाई

नेपालगन्ज : प्रदेश स्टार्टअप आईसीटी रिकोनाइज २०२४ लुम्बिनी प्रदेश...

‘पालिकाले दिने हरेक सेवासुबिधा लिन ब्यवसाय दर्ता हुनुपर्ने’ – अध्यक्ष बि.क.

पुस ०२ ,२०८१ नेपालगन्ज/ बाँकेको खजुरा गाउँपालिकाले पालिकामा रहेका...

हुण्डी कारोबारमा संलग्न २ जना नेपालगन्जबाट पक्राउ

८ असोज, बाँके । बाँकेको नेपालगञ्जमा हुण्डी कारोबारमा संलग्न दुई...

सुनको मुल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम

६ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार...