Close sidebar

बाँकेमा अनुसन्धानको डीएसपी हुँ भनी ठगी गर्ने पक्राउ

१ साउन, नेपालगन्ज – आफूलाई नेपाल प्रहरीको डिएसपी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ।

Advertisement

बाँके प्रहरीले डिएसपीको भेषमा ठगी गर्दै हिड्ने जिल्ला दैलेख नारायण नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को नैन सिंह बिकलाई प्रहरीले पक्राउ गरेको छ।

बिकले तिन महिना देखी जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा गई आफु सि.आइ.बी. प्रहरीको र राष्ट्रिय अनुसन्धानको डि.एस.पी नविन शाही हुँ भनी अनुगमनको शिलसिलामा आएको हु भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई भेटने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताउनुभयो ।

Advertisement

सर्वसाधारण ठगिएको प्रहरीले सूचना पाए लगत्तै बिकलाई बाँकेको कोहलपुर वडा नं-११ को एन टिभी रोडबाट मंगलबार नियन्त्रणमा लिएको थियो । बिकले कसैलाई ठगी गरेको भए कार्यालयमा निवेदन बाँके प्रहरीले आग्रह गरेको छ ।

Advertisement

Advertisement

सम्बन्धित खवर

नेपालगन्जमा एस.के. युनिक टेलर सञ्चालनमा, आधुनिक सिलाई सेवा प्रदान्न गर्दै

नेपालगन्ज : नेपालगन्जमा आधुनिक किसिमले सिलाई सेवा प्रदान गर्ने...

कानुनी कारवाही मात्रै होइन लागु औषध दुर्व्यसन रोकथामको उपाय

नेपालगन्ज । लागु औषध दुर्व्यसनको रोकथामका लागि ‘बिक्रेता’लाई दण्डसजाय...

एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन विरुद्ध लान्छना तथा भेदभाव अझै रोकिएन

नेपालगन्ज । एचआइभी संक्रमित र लागुपदार्थ दुर्ब्यसन माथि हुने...

नेपालगन्ज क्याम्पसले ३५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्ने घोषणा

नेपालगन्ज : नेपालगन्ज क्याम्पसले यस वर्ष २४ जना विद्यार्थीलाई...