Close sidebar

नेपालगन्ज २१ बाट १० लाख बराबरको मोबाइल स्क्रिन गार्ड बरामद

नेपालगन्ज । बाँकेमा अबैध मोबाइल स्क्रिन गार्ड नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार बाँकेको नेपालगन्ज २१ बाट अबैध भन्सार छलिको Mobile Screen Guard नियन्त्रणमा लिएको हो।

गस्तीमा खटिएको वडा प्रहरी कार्यालयको टोलीले अबैध मोबाइल स्क्रिन गार्ड सहित ढुवानीमा प्रयोग गरिएको २ थान मोटरसाईकल र ३ थान साईकल पक्राउ गरेको हो ।

Advertisement

नेपालगन्ज उप महानगरपालिका २१ बसन्त मल्ल चौक नजिक प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ९२८० पिस जम्मा अन्दाजी मुल्य रु.१०,०५,०००।– (दश लाख पाँच हजार) बराबरको Mobile Screen Guard नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

अबैध मोबाइल स्क्रिन गार्ड र ढुवानीमा प्रयोग भएको साधन बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...