Close sidebar

लागू औषध अफिम सहित जाजरकोटका २ जना पक्राउ

प्रहरीले प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जना युवालाई बाँकेको हवल्दारपुरबाट नियन्त्रणमा लिन सफल भएको छ ।

सोमवार जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुर ह्याप्पि वोल्ड फन पार्क अगाडी बाट अफिम जस्तो देखिने गिलो पदार्थ ५ के.जि. ८६५ ग्राम सहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा जिल्ला जाजरकोट शिवालय गा.पा. ७ भिउस घर भई हाल जिल्ला बर्दिया बांसगढि न.पा. ९ माछागढ बस्ने वर्ष ५५ को राम बहादुर शाहि र जिल्ला जाजरकोट बारेकोट गा.पा. ८ सेपुखोला बस्ने वर्ष ३५ को पुर्ण बहादुर बि.क. रहेका छन।

Advertisement

प्रहरीको अनुसार हवल्दारपुर ह्याप्पि वोल्ड फन पार्क अगाडी शंकासपद रुपमा बसिरहेका ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाचँ गर्दापुर्ण बहादुर बि.क. ले पछाडि बोकेको कालो झोलामा अफिम जस्तो देखिने गिलो पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५ के.जि. ८६५ ग्राम र सोही स्थानमा रोकी राखेको राम बहादुर शाहिको कर्णाली प्रदेश०२-००२प ११८६ नं. को मोटरसाईकल सहित फेला पारी बरामद गरी निज दुई जना मानिस सहित नियन्त्रणमा लिईएको जनाएको छ ।

निजहरूलाई असार १८ गते सम्मानित बाँके जिल्ला अदालबाट दिन ५ म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ।

Advertisement

Advertisement

सम्बन्धित खवर

मतदाता भेट्दै बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दिन राई

नेपालगन्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी...

बाँके क्षेत्र नं ३ मा सूर्यका ‘सुमन’

नेपालगन्ज : नेकपा एमालेका लागि सुमन मल्ल ‘रिजर्भ फोर्स’...

नेपाल पर्यटन बोर्डको संरक्षणमा : नेपालगञ्जमा मेगा पर्यटन महोत्सव आयोजना हुने

नेपालगञ्ज, ४ पौष २०८२ :- नेपाल पर्यटन बोर्डको संरक्षणमा...